skip this

बटेश्वर गाउँपालिकाका अधिकृत पुरीले घुस खाएको अडियो बाहिरियो

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुर । धनुषाको बटेश्वर गाउँपालिकाका लेखा अधिकृत सुमन पुरी र वडा नम्बर ५ शान्तिपुरमा डिहबार मन्दिर पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष अरविन्द साहको घुस बार्गेनिङ्गको अडियो कल रेकर्ड बाहिरिएको छ ।

गत आर्थिक वर्षको बजेट अन्तर्गत ३ लाख रुपैयाँको लागतमा अरविन्द साह अध्यक्ष रहेको उपभोक्ता समितिले डिहबार मन्दिरको पर्खाल बनाएको थियो।

त्यो भुक्तानीका लागि लेखा अधिकृत पुरीले १० प्रतिशत कमिसन ३० हजार रुपैयाँ लिएको कुरा उपभोक्ता समितिका अध्यक्ष साहले खुलासा गरेका हुन्। ३० हजार कमिसन लिए पनि ७ महिनासम्म सो योजनाको भुक्तानी नगरेपछि साहले कल रेकर्ड सार्वजनिक गरेका हुन्।

अडियाे स्राेत : कान्तिपथ डटकम

 

nijgadh-supermart-adz1200-630