skip this

प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेले दिएन ठोस जवाफ

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एमसीसीका बारेमा सत्तारुढ गठबन्धनमा देखिएको मतभिन्नताकै बीच नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बिहीबार साँझ भएको भेटवार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस–एमालेबीच भएको छलफलमा ठोस निष्कर्ष निस्कन नसकेको बताए ।

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा एमसीसी संसद्बाट पारित गराउन प्रस्ताव गरेका थिए ।

जवाफमा ओलीले पुरानै कुरा राखेको मन्त्री कार्कीले जानकारी दिए । कार्कीका अनुसार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई ‘हामी संसद्मा प्रवेश गर्न नसकेको कारण तपाईंलाई पनि थाहा छ, त्यो समस्या निराकरण नभएसम्म संसद्मा आएर आफ्ना विचार राख्न कठिनाइ छ’ भनेका थिए । मन्त्री कार्कीले संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन यो वार्ता जारी रहने पनि बताए । सार्वभौम संसद्को गरिमालाई स्थापित गर्न सकेनौँ भने जनतामा नैराश्यता आउन सक्ने भन्दै उनले वार्ता जारी रहने जानकारी दिए । मन्त्री कार्कीले भने, ‘संसद्लाई प्रभावकारी बनाउन, संसद् सञ्चालन गर्न भूमिका निर्वाह गर्नुस् भने प्रधानमन्त्रीले अधिकतम प्रयत्न गरिरहनु भएको छ । तर उहाँहरू ९एमाले नेताहरू०ले प्रतिबद्धता जनाउनु भएको छैन ।’

nijgadh-supermart-adz1200-630