नेपालगन्जमा एमसिसिको बिरोधमा राप्रपाको विरोध प्रदर्शन
वि.सं.२०७८ फागुन १२ बिहीवार २१:२४

नेपालगञ्ज । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरुद्धमा नेपालगन्ज विपिचोकमा राप्रपाले विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रियता रक्षाको निम्ति बाँके राप्रपा र देशभक्त राष्ट्र प्रेमी युवाहरुको उपस्थितिमा विहिबार नेपालगन्ज बिपिचोकमा विरोध प्रदर्शन गरिएको राप्रपाका सहमहामन्त्री रिसिराज देवकोटाले बताए । उनले कुनैपनि हालतमा सो सम्झौता नेपालमा लागु गर्न नदिने अडानका साथ आफुहरु आन्दोलनमा उत्रिएको बताए ।
विरोध र्यालीमा सहभागीहरुले राष्ट्रघाति सम्झौता एमसीसी खारेज गर, राष्ट्रघाती होसियार, हिन्दुराज्य कायम गर लगाएतका नारा सहित विपिचोकमा प्रदर्शन गरेका थिए । राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने र फिर्ता गराउनको लागि सम्पुर्ण देशभक्त नेपालीहरु एक हुनुपर्नेमा जोड दिएका थिए ।
एमसीसी विरुद्ध गत केही दिनयता बाँकेमा निरन्तर आन्दोलन जारी रहेको छ । नेपालगञ्ज र कोहलपुरमा माओवादी केन्द्र निकट वाईसियल, विद्यार्थी संगठन लगायत अन्य जनवर्गिय संगठन र राप्रपा बाँके र सो दलका जनवर्गिय संगठनहरुले पनि दैनिकजसो विरोध जुलुस, प्रदर्शन र सभाहरु गरिरहेका छन् ।
वि.सं.२०७८ फागुन १२ बिहीवार २१:२४
















