skip this yams_Max_Hospital.jpeg

विश्वमा कोरोना संक्रमणदरभन्दा निको हुनेको संख्या बढ्यो

885 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : विश्वमा कोरोना संक्रमणदरभन्दा निको हुनेको संख्या बढेको छ ।
  बितेको २४ घण्टाको तथ्या‌क अनुसार विश्वमा ५ लाख ९४ हजार ८३५ संक्रमित थपिएका छन् । सोही अवधिमा ६ लाख ८३ हजार ४७६ जनाले बितेको २४ घण्टाको अवधिमा कोरोनालाई जितेका छन् । थप ९ हजार २६४ जनाको मृत्यु भएको छ ।
   योसँगै विश्वका ४६ लाख १९ हजार ७४७ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । विश्वमा कोरोना संक्रमितको संख्या २२ करोड ३९ लाख ८८ हजार ९८५ पुगेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म २० करोड ५ लाख ८१ हजार २५८ जनाले कोरोनालाई जितेका छन् ।
  विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ८७ लाख ८७ हजार ९८० छ । उनीहरू मध्ये १ लाख ३ हजार ८६४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

nijgadh-supermart-adz1200-630