skip this farak Kura Pravakar

निजगढबाट एमाले कार्यकर्ता चढेको गाडी मध्यरातमा नियन्त्रणमा

3.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराकाे निजगढ नगरपालिकाको भरतगन्ज सिङ्गौलबाट निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा एमालेका कार्यकर्ता चढेको स्कारपिओ पक्राउ गरिएकोछ ।

स्थानियले बा १६ च ८७८७ नम्बरको स्कारपिओ जिप नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदातालाई प्रभावित गर्न पैसा वितरण गर्न हिडेको स्थानियले आरोप लगाएका छन् ।

जिपमा नेकपा एमालेका स्थानिय कार्यकर्ताहरु भोला तिमल्सिना, सुर्य रखाल लगायत अन्य व्यक्तिहरु सवार थिए ।

पक्राउ परेको जिप ईलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा राखिएकाे छ । आचारसंहिता विपरीत गाडी चलाएकाले नियन्त्रणमा राखिएको र नेताहरूलाई एमाले नेता एकबहादुर श्रेष्ठको राेहबरमा छाडिएको प्रहरीले जनाएको छ । गाडी खनतलासी गर्दा शंकास्पदवस्तु र नगद फेला नपरेकाे प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630