सिंगौलमा विद्यालय आएको बेला तीन वर्षीय बालक हराएपछि खोजी तीव्र
वि.सं.२०८३ वैशाख २५ शुक्रवार २०:००
777
shares

बारा–बकैया गाउँपालिका–१ रजुवा निवासी ईन्द्र वाईवा र रमिला वाईवाका तीन वर्षीय छोरा युनिक गोले हराएका छन्।
बालक युनिक आज बिहान दाइसँगै अध्ययनका लागि सरस्वती आधारभूत विद्यालय आएका थिए। विद्यालय परिसरमा रहेका बेला बिहान करिब ११ बजेदेखि उनी सम्पर्कविहीन भएका हुन्।
बालक हराएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको जनाएको छ। प्रहरी तथा स्थानीयवासीको सहयोगमा खोजी कार्य तीव्र रूपमा भइरहेको छ।
वडा अध्यक्ष गोकुल तिमल्सिना का अनुसार युनिक पहिलो पटक विद्यालय आएका थिए। “बालक हराएपछि खोजी कार्य जारी छ,” उनले बताए।
बालकको अवस्था र खोजी सम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
वि.सं.२०८३ वैशाख २५ शुक्रवार २०:००















