भाइटिकाको दिन कस्तो हुनेछ मौसम ?
वि.सं.२०७९ कात्तिक १० बिहीवार ०७:४३
1.56K
shares

काठमाडौँ – आज तिहारको पाँचौँ दिन भाइटिका। मौसमले पनि साथ दिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी क्षेत्रको मौसम सामान्यता सफा छ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ।
प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ।
बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
वि.सं.२०७९ कात्तिक १० बिहीवार ०७:४३

















