skip this farak Kura Pravakar

आफ्नै कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोग लागेका इन्स्पेक्टर जेल चलान

1.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-आफ्नै कर्मचारीलाई जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत धादिङले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो।

इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका वेला उनले आफ्नै कार्यालयमा कार्यरत एक महिला प्रहरीमाथि बलात्कार प्रयास गरेका थिए। पीडित महिला प्रहरीको उजुरीका आधारमा गत १५ असोजमा जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई नियन्त्रणमा लिएको थियो। मध्यराति महिला ब्यारेकमा गएर उनले बलात्कार प्रयास गरेको पीडितको उजुरी छ।

उनीविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा दायर भएकोमा जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशअनुसार उनलाई कारागार पठाइएको जिप्रका धादिङका डिएसपी श्याम खत्रीले बताए।

 

nijgadh-supermart-adz1200-630