skip this hetauda tech

प्रगतिशील लेखक संघकाे ६२ औं परिसम्वाद सम्पन्न

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-प्रगतिशील लेखक संघ काठमाडौंको आयोजनामा ६२ औं परिसम्वाद कार्यक्रम शुक्रबार बागबजारको आफ्नै कार्यालयमा सम्पन्न गरेको छ ।

बरिस्ठ शिक्षाविद् गुनराज लोहनि द्वारा “मार्क्सवादी दृस्ठिमा नेपालको शिक्षा प्रणाली” विषयक छ्लफलमा बोल्दै नेपालमा सबैभन्दा बढी लगानी शिक्षामा क्षेत्रमा रहेको तर गुणस्तरिय शिक्षा भने नरहेको र यो प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने बताए ।

उनी भन्छन्- हाम्रो देशमा ३ प्रकारका जनशक्ति उत्पादन हुने गरेको छ । अति दक्ष जनशक्ति, दक्ष र अदक्ष जनशक्ति अति दक्ष अमेरिका पठाउछौ १० बर्षमा त्यो मान्छे फेज आउट हुन्छ । नयाँ -नयाँ कुरा आउने र परिवर्तन हुने भएकोले, दक्ष हामी अष्ट्रेलिया पठाउछौँ र ऊ दक्षलाई ३/४ बर्षमा फेज आउट भएर अस्ट्रेलियाबाट फर्कन्छ । उनले थपे-अनि सरकारी स्कुलमा अदक्ष उत्पादन गर्छन् कोहि दक्ष पनि छ्न र उनीहरु खाडी मुलुकमा जान्छन् ।

नेपालमा बिश्वविधालय नभएको कारण पढाई धेरै महँगो रहेको र साधारण ब्यक्तीको छोराछोरीले पढ्न सक्ने अवस्थ नरहेको उनले बताए ।

नेपालमा हुनुपर्ने र जनवादी शिक्षा हो र त्यो भनेको पार्ट टाइम काम गर्ने पार्ट टाइम अध्ययन गर्ने प्रणाली आवश्यक रहेकाे उनले बताए । उनले भने- सार्वभौम, लिखित, मौखिक, व्यबहारिक जनवादी राज्यमा लागू हुने शिक्षा हो । उनले थपे-शिक्षक भनेको पढाउने मात्र होइन शिक्षाको वातावरण बनाउने हो भन्दै सबैभन्दा राम्रो शिक्षा प्रणाली फिलल्यान्डमा छ ।

एकात्मक शिक्षा प्रणाली नेपालमा रहेकाे छ कसरी प्रगति हुन्छ ? पहिले, व्यवसायी शिक्षा थियो, कृषि शिक्षा थियो २०२८ सालको शिक्षा प्रणाली ठिक थियो । देशमा जनशक्ति काम नभएकोले बिदेशीनु परेकाे उनकाे तर्क छ ।

प्रगतिशील लेखक संघका अध्यक्ष डा.मधुसूधन गिरिको अध्यक्षता भएको कार्यक्रममा प्रगतिशील लेखक संघकी उपाध्यक्ष नमूना शर्मा, उपाध्यक्ष समीर सिंह, कोषाध्यक्ष बाबा बस्नेत, कौसिला रिसाल केन्द्रिय सदस्य पार्बती राउत लगाएतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630