नेपाल–भारत विद्युत् आदान प्रदान दरमा ५.५ प्रतिशतले वृद्धि गर्ने सहमति

117 shares

काठमाडौं । विद्युत् आदान प्रदान दरमा ५.५ प्रतिशतले वृद्धि गर्ने सहमति नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको बैठकले भएको छ । शुक्रबार भारतको नयाँ दिल्लीमा हिजो सम्पन्न आदान प्रदान समितिको १४ औँ बैठकले यस्तो निर्णय गरेको नयाँ दिल्लीबाट इकागजलाई प्राप्त विवरणमा उल्लेख छ । बैठकमा नेपाली पक्षको नेतृत्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको थिए भने उनको समकक्षी केन्द्रीय विद्युत् प्राधिकरणका सदस्य (पावर सिष्टम) अशोककुमार राजपुतले गरेका थिए ।

औसत विद्युत् मूल्य प्रतियुनिट ७.२१ भारु (११ रुपैयाँ ५३ पैसा) हुनेछ । यो दर १३२ केभीको हो । सन् २०१९–२० देखि हालसम्म ‘टेक एण्ड पे’ (बिजुली खरिद गरे मात्र भुक्तानी हुने) आधारमा बिजुली औसत भाउ वृद्धि गरिएको प्राधिकरण स्रोतले बतायो ।

भारतसँग १३२ केभी, ३३ केभी र ११ केभीमा विद्युत् आदान प्रदान हुँदै आएको छ । हाल ११ केभीको प्रसारण लाइन उपयोगमा छैन । ३३ केभीको औसत दर प्रतियुनिट ७।५ भारु ९१२ रुपैयाँ० छ । १३२ केभीको भन्दा ३३ केभी महँगो हो ।