कुमारी बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला
वि.सं.२०८० असार १२ मंगलवार १०:५३
915
shares

काठमाडौ । आजदेखि कुमारी बैंकले ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असार १८ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक बीओके क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
वि.सं.२०८० असार १२ मंगलवार १०:५३

















