जीवन बिमा कम्पनीः १ खर्ब २४ अर्ब भन्दा बढी बिमा शुल्क आर्जन
वि.सं.२०८० असार १२ मंगलवार ११:०६
1.33K
shares

काठमाडौ। चालु आर्थिक वर्षको ११ महिनासम्मा जीवन बिमा कम्पनीहरुले १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको जेठ मसान्तसम्मको तथ्यांक अनुसार १५ वटा जीवन बिमा कम्पनीहरुले कुल १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै ३२ अर्ब ३६ लाख ६१ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसपछि, लाइफ इन्सुरेन्स कर्पोरेसनले १५ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १४ अर्ब ७ करोड ४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छ ।
वि.सं.२०८० असार १२ मंगलवार ११:०६

















