skip this

एडीबीबाट प्राप्त हुने ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

945 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी)बाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एडीबीबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको गरेको सरकारकी प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भन्सार तथा लजिस्टिक्स सुधारअन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायताबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन् ।

nijgadh-supermart-adz1200-630