प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची
वि.सं.२०८० असार ३१ आइतवार ११:५६
660
shares

काठमाडौं। आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विद्येयक २०८०’ लाई प्रस्तुत गर्नेछन्
।उनले सो प्रस्तावमाथिको संसोधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्ने देखी पारित गरियोस भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । यसैगरी, शिक्षा विज्ञान तथा प्रवृधि मन्त्री अशोककुमार राइले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विश्वबिद्यालय बिद्येयक २०८०’ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।
वि.सं.२०८० असार ३१ आइतवार ११:५६

















