skip this

चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो ।

पानी परिरहेको र लेदो बगिरहेको बाटो पन्छाउन समस्या भइरहेको छ । पानी पर्न र लेदो खस्न छाडेपछि बाटो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा राखिएको छ । शनिबार पनि सोही स्थानमा केही समय सडक अवरुद्ध भएको थियो ।

nijgadh-supermart-adz1200-630