skip this

तीन सातामा भीमफेदीको माण्डु हाइड्रो परिसरमा तीन जना मृत फेला ! अझै पहिचान खुल्न सकेन

1.71K shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौँडा–मकवानपुर भीमफेदी गाउँपालिका–८, माण्डु हाईड्रोपावर नजिकै तीन साताभित्र तेस्रो शव फेला परेको छ ।

माण्डु हाईड्रोपावर नजिक बागमती खोलामा एकजना महिलाको शव फेला परेको छ ।

करिब ४० वर्ष उमेर समूहको महिलाको शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

शवको हालसम्म सनाखत भएको छैन् । पछिल्लो तिनसाता भित्र माण्डु हाइड्रो परिसरमा ३ जना मृत फेला परिसकेका छन् ।

दुई साता अघि मात्र ३५ वर्षीय पुरुष र १७ वर्षीया एक किशोरीको शव फेला परेको थियो ।

माण्डु हाइड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्ट्याउने स्थानमा फेला परेको मंगोलियन अनुहारकी ती किशोरीको पहिचान खुलेको छैन । ३५ वर्षिय पुरुषको पनि पहिचान खुल्न सकेन् ।

२०७७ मा कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको सोहि ठाउँमा शव फेला परेको थियो ।

nijgadh-supermart-adz1200-630