skip this

डाक्टरमाथि भएको कुटपिट विरोधमा डाक्टरहरु सडकमा

744 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।मंगलबार माइतीघरमण्डलमा सेतो कोट लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् ।

आन्दोलनमा सहभागि डाक्टर आनन्द सिंहले, कानून अनुसार सहकर्मीमाथि हातपात गर्नेलाई कारबाही हुनुपर्ने आफूहरुको माग रहेको बताए । ‘हामीले कानूनी ऐन हामीसंग छ । त्यो अनुसार कारबाही अगाडि बढेको छैन् । स्वास्थ्य सुरक्षा ऐन छ त्यो ऐन अनुसार कारबाही अगाडि बढ्नु पर्यो ।’ उनले भने । त्यस्तै, डाक्टर कपिल गौतमले पनि देशका विभिन्न ठाउँमा सहकर्मीहरुमाथि आक्रमण भएपनि सरकारले त्यसलाई गम्भीर रुपमा नलिएको भन्दै आक्रोश पोखे ।

उनले भने ‘देशको दुर दराजमा काम गर्ने साथीहरु, दुव्र्यवहार र सांघातिक हमतामा पर्नु भएको छ । जस्तै हेटौडाको काण्ड, चितवनको काण्ड, पोखराको काण्ड, यसरी नियोजितरुपमा हमला गरिएता पनि नेपाल सरकार गृह प्रशासनले, स्थानीय सरकारले यसलाई खासै गम्भीर रुपमा नलिएर कानूनी प्रक्रिया अगाडि नबढाएकोले हामी खेद प्रकट गर्दछौँ । हाम्रो सुरक्षाको प्रत्याभूति गर्नु पर्यो राज्यले ।’दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआउ, डाक्टर र बिरामीको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौं कि देश छोडौं ? लगायत प्लेकार्ड बोकेका थिए ।

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएपछि मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । सोही घटनालाई लिएर आज काठमाडौंमा पनि डाक्टरहरु विरोधमा उत्रिएका हुन् ।

nijgadh-supermart-adz1200-630