skip this

शंकास्पद कागजात पेस गरी श्रमिकलाई जापान पठाउने १४ म्यानपावर कम्पनी निलम्बनमा

792 shares
oil-nigam-amlekhgunj-adv.jpeg

 

काठमाडौं  ।वैदेशिक रोजगार विभागले शंकास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिकलाई जापान पठाउने कार्यमा संलग्न १४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई निलम्बन गरेको छ । भागका अनुसार जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न भएको पाइएपछि ती म्यानपावर कम्पनीलाई विभागले निलम्बन गरी थप अनुसन्धान गरिरहेको विज्ञप्तीमर्फत जनाएको छ ।

निलम्बनमा पर्नेमा गुड लाइफ इन्टरनेसलन इप्लोइमेन्ट एजेन्सी प्रालि, रोयल ओभरसिज नेपाल प्रालि, जब्स ग्लोबल कम इप्लोइमेन्ट सर्भिसेज प्रालि,सत्यावती ओभरसिज, डिएन इन्टरनेसनल नेपाल ओभरसिज, इप्लोइमेन्ट एजेन्सी प्रालि, लायन्स इन्टरनेसनल नेपाल प्रालि रहेका छन् । यस्तै, वल्र्ड फेभर ओभरसिज प्रालि, नाप इन्टरनेसनल प्रालि, भण्डारी ओभरसिज प्रालि, मन्जुश्री ओभरसिज प्रालि, एएनएस एसोसिएट्स प्रालि, क्यापिटल इन्टरनेसनल म्यानपावर प्रालि, ग्रान्ड सुइट जब प्रालि र ओक्सन इन्टरनेसनल प्रालि (अभतार ह्युमन रिसोर्स प्रालि) लाई पनि निलम्बन गरिएको छ ।

उल्लेखित सबै म्यानपावरले वैदेशिक रोजगारीमा श्रमिक पठाउन सरकारसँग अनुमति लिएका छन् । तर, विभागमा केही म्यानपावर कम्पनीले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाएको उजुरी परेपछि सो आधारमा अनुसन्धान गर्दा यी १४ म्यानपावरको संलग्नता रहेको तथ्य फेलापरेपछि विभागले कारबाही गरेको जनाएको छ । यो बारेमा थप अनुसन्धान भइरहेको जानकारी विभागले दिएको छ ।

nijgadh-supermart-adz1200-630