पाेखराकाे खाजा घरमा यौन शोषणमा लगाउने तीन पक्राउ, एक बालिकासहित दुई जना महिलाकाे उद्वार
वि.सं.२०८० पुस २१ शनिवार १७:१७

पोखरा-कास्की प्रहरीले मानव वेचविखन तथा ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
पोखरा ८ जाल्पारोड स्थित काभ्रेली खाजा घरका सञ्चालकले बालिका तथा महिलाहरुलाई होटलमा राम्रो काम लगाइदिने भनी विभिन्न होटलहरुमा लगी यौन शोषण गराएको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा ९ पृथ्वीचोक बस्ने २९ वर्षिय प्रविण गुरुङ, पर्वत घर भइ काठमाण्डौ शंखमुल बस्ने २३ वर्षिय निर्मल मल्ल र पोखरा १७ बिरौटा बस्ने २६ वर्षिय राजेश ठकुरी रहेका छन ।
पक्राउ परेका तीन जनालाई कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी वढाइएको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरीले शुक्रबार राती ८ वजेको समयमा काभ्रेली खाजा घरबाट एकजना बालिका र दुई जना महिलालाई बाहिर होटलमा लैजान लागेको अवस्थामा उद्वार गरेको छ ।
वि.सं.२०८० पुस २१ शनिवार १७:१७

















