एकता नेपालद्वारा सिंगाैलमा क्षमता विकास तालिम सुरु

वि.सं.२०८१ जेठ १९ शनिवार २१:२८

बारा-एकता नेपाल निजगढको आयोजनामा निजगढ नगर कार्यपालिका सदस्य लक्षित कोषको सहयाेगमा सिंगाैलमा शनिबारबाट क्षमता विकास तालिम सुरु भएको छ ।
दलित, आदिवासी तथा महिलाहरुलाई ८ दिने क्षमता विकास तालिमकाे निजगढ कार्यपालिका सदस्य पवित्रा सुनारले व्यानर बाचन गरेर उद्घाटन गरिन्
तालिम आयोजना गर्न कार्यपालिका सदस्य सुनारको सहकार्य गरेकी हुन् ।
तालिम उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिमाहरुमा नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश कमिटी सदस्य रविराज दंगाल (प्रस्तुत), निजगढ नगर कार्यापालिका सदस्य मानबहादुर डासेली, नेकपा एकीकृत समाजवादी निजगढ नगर अध्यक्ष भिमसेन सापकोटालगायतले मन्तव्य राखेका थिए ।
विशेष गरेर ग्रामिण भेगका महिलाहरुलाई लक्षित गरी सञ्चालिन गरिएको तालिममा संविधान प्रदत्त महिला अधिकारहरु, नेतृत्व विकास, उद्घोषण, भाषणकला, महिलाका कानुनी अधिकारहरु, घरेलु हिंसा, यौनजन्य दुरव्यवहार, सामाजिक कुरीति, स्थानिय तहका काम, कर्तव्य र अधिकार, माइन्यूट लेखन, न्यायीक समितिका काम, कर्तव्य र अधिकार, लैङ्गिक उत्तरदायित्व लगायतका विषयमा प्रशिक्षक रेश्मी लामिछाने दंगालले प्रशिक्षण दिनेछिन् ।
एकता नेपालकी अध्यक्ष धनमाया घलानको अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन समिता चाैलागाइ र स्वागत पुजा कार्कीकाे रहेको थियाे ।
तालिममा निजगढ ३ का ४१ जना महिलाहरु सहभागी छन्।

वि.सं.२०८१ जेठ १९ शनिवार २१:२८