प्रथम लोहसण्डा गोल्डकप : वीरगन्ज सिटीको बिजयी सुरुवात
चन्द्रपुर एफसी र आयाेजक सनराईज युथ क्लब बीच खेल हुने
वि.सं.२०८१ जेठ २० आइतवार १०:१६
बारा-स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद नारा सहित शनिबार देखि प्रथम लोहसण्डा गोल्डकप २०८१ सुरु भएको छ ।
सन राईज युथ क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक गोल्डकप प्रतियोगिता सुरु भएको हाे।
प्रतियोगितामा वीरगन्ज सिटिले विजयी सुरुवात गरेको छ । जनशक्ति क्लब कोल्हवीलाई १-० गाेल अन्तरले पाखा लगाउँदै विजयी सुरुवात गरेको हाे ।
वीरगन्ज सिटिका लागि खेलको ७ औं मिनेटमा अरमान चौधरीले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । कोल्हवीले समेत गोल गर्ने पटकपटक मौका पाउँदा समेत गोल गर्न सकेको थिएन ।
खेलकाे म्यान अफ द म्याच वीरगन्ज सिटिका अरमान चौधरी घोषित भए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ८ को आर्थिक सहयोगमा सुरु भएको गोल्डकप जेठ २६ गते सम्म चल्ने छ ।
यसअघि प्रतियोगिताको मधेश प्रदेश सभाका सदस्य देवनारायण चौधरीले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका ८ का वडाध्यक्ष शिवशंकर कुशवाहाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्व मधेश प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, पूर्व नगर उपप्रमुख सरस्वती चौधरी, वडा सदस्य गंगा पटेल लगाएतको सहभागिता रहेको थियो ।
आयाेजक क्लबका अध्यक्ष बन्दन चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्णकुमार सिंहले स्वागत र संचालन सन्देश सिंहले गरेका थिए ।
यसैबीच दाेस्राे दिन आज चन्द्रपुर एफसी र आयाेजक सनराईज युथ क्लब बीच दिउँसो ३ बजे खेल हुनेछ ।
खेलकाे फरक स्पाेर्टस र तराई सन्देश फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण हुने छ ।
वि.सं.२०८१ जेठ २० आइतवार १०:१६