skip this farak Kura Pravakar

`शिक्षक´ सञ्चालक हटाउन दिएको जीतपुरसिमरा उपमहानगरपालिकाकाे निर्देशन अटेर ! हातेमालोलाई स्पष्टीकरण

2.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-`शिक्षक´ सञ्चालन हटाउन दिएको जीतपुरसिमरा उपमहानगरपालिकाकाे निर्देशन अटेर गरेपछि सिमरनस्थित हातेमालो बचत तथा ऋण सहकारीलाई स्पष्टीकरण साेधिएकाे छ ।

उपमहानगरका प्रशासकिय अधिकृत सुधम चौधरीले हातेमालो लाई सञ्चालक समितिमा रहेका शिक्षकहरुकाे सूचीसहित लेखिएको पत्रमा भनिएको छ- के-कति कारणले यस कार्यालयको निर्देशन पालना नगरेको हो सो सम्बन्धमा सहकारी ऐन २०७४ को दफा १२५(३) बमोजिम १५ दिन भित्र उक्त निर्देशन पालना नगर्नुको कारण खुलाई स्पष्टिकरण पेश गर्नुहुन निर्देशानुसार अनुरोध छ। अन्यथा कानुन अमोजिम हुने व्यहोरा जानकारी गराईन्छ ।

उपमहानगरले १७ साउन २०८० ०४/१७ मा सूचना तथा सहकारी विभागको २५ बुँदे एकिकृत निर्देशन अनुसार यस उपमहानगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरुमा संचालक समिति र लेखा सुपरिवेक्षण समितिमा सहकारी संघसंस्थाको दर्ता तथा नियमन सम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न निर्वाचित वा मनोनयन हुने सार्वजनिक पदमा बहाल रहेको पदाधिकारी राष्ट्रसेवक सहकारी संस्थाको सञ्चालक समिति र लेखापरिवेक्षण समितिमा निर्वाचित वा मनोनित हुन सक्नेछैन भनि निर्देशन जारी गरेको थियाे ।

२७ भदाै २०८० मा हातेमालोले उपमहानगरपालिकालाई पत्र लेख्दै नियमित निर्वाचन सहितको साधारण सभा सम्म मौजुदा समितिलाई नै काम गर्ने व्यवस्था मिलाईदिन अनुरोध गरेको थियाे ।

हातेमालाेकाे पत्रपछि ९ असाेज २०८० उपमहानगरपालिकाले संस्थामा पूर्व प्रकाशित सूचना अनुसार नै निर्णय कार्यान्वयन गर्नु भनी अनुराेध गरेको थियाे ।

उपमहानगरले २ माघ २०८० मा उपमहानगरपालिका भित्र संचालित सबै सहकारी संस्थाहरुको संञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुको विवरण माग गरिएको थियाे ।

हातेमालोले २ फागुन २०८० मा विवरण पेश गरेकाे थियाे । जसमा दुई जना शिक्षक सञ्चालक समितिको पदाधिकारी थिए । सञ्चालक समितिमा सचिव पदमा शिक्षक दिपकप्रसाद भट्ट र काेषाध्यक्ष पदमा बरुणप्रसाद गाैतम रहेका छन् ।

विवरण बुझाएको तीन महिना वितिसक्दा समेत राष्ट्रसेवक हाल सम्म पनि संस्थाको संचालक समितिमा रहेको देखिएपछि उपमहानगरपालिकाले स्पष्टीकरण साेधेकाे हाे ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630