भारतमा दुर्घटनामा परेका तिर्थयात्री भेट्न पुगे गाउँपालिका अध्यक्ष जयसवाल
३५ जना यात्रु घर फर्किदै

वि.सं.२०८१ भदौ ९ आइतवार १८:४९

माेतिहारी (भारत)-बारागढीबाट झारखण्डको देवघर जल अर्पण गर्न जाने क्रममा बस दुर्घटनामा परेका तीर्थयात्रु भेट्न गाउँपालिका अध्यक्ष अशोककुमार जयसवाल भारत पुगेका छन् ।
तीर्थयात्री बोकेको बस बिहारको समस्तीपुर जिल्लामा आईतवार विहान दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते भएका थिए ।
दुर्घटनाको खबर पाउनासाथ गाउँपालिका अध्यक्ष जयसवाल घाइतेको अवस्था बुझ्न माेतिहारिमा आईपुगेका हुन् । समस्तीपुरबाट रिफर भएर माेतिहारिस्थित डा. राकेश कुमारसँग उपचाररत ३ जनालाई भेटेका हुन् ।
यहाँ राजेश्वर साह, सुभाष साह, फेकल मुखियाकाे उपचार भईरहेकाे छ ।
अध्यक्ष जयसवालले अस्पतालमा पुगेर घाईते तथा कुरुवाकाे खानपिनकाे व्यवस्थापन गरेका छन् ।
टाेलीमा दयाशंकर राय, कबिन्दर चाैधरी र पत्रकार महेश्वर अधिकारी छन् ।
यसैबिच दुर्घटनामा सामान्य घाइते भएका ३५ जनालाई घर फर्किने व्यवस्था भईसकेकाे छ । उनीहरु समस्तीपुरबाट बस चढिसकेका छन् । उनीहरु आज राती ११ बजेसम्म नेपाल प्रवेश गर्नेछन् ।

वि.सं.२०८१ भदौ ९ आइतवार १८:४९