पुरातात्विक महत्वका सामग्रीहरू चोरी कार्यमा संलग्न दुई जना पक्राउ
वि.सं.२०७८ माघ ६ बिहीवार १६:०७

पुरातात्विक महत्वका सामग्रीहरू चोरी कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७२ सालको बिनाशकारी भूकम्पले क्षतिग्रस्त भई प्रबलिकरणको कार्य भइरहेको केशरमहल भित्र रहेको केशर पुस्तकालयको ठुलो कोठाभित्र सङ्कलन गरी राखिएको पुरातात्विक महत्वका समान चोरी गर्ने दुई जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला दाङ तुल्सिपुर उपमहानगर पालिका वडा नं ०३ हालको ठेगाना काजि बसुन्धरा घर भएका बर्ष १८ का सुमन शर्मा र जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा. वडा नं- ११ हालको ठेगाना,का.जि. केशरमहल बस्ने बर्ष ३६का बिर बहादुर सुनारलाई बाघको टाउकोको नम्बर २६, केशर समसेरको पोसाक लुगा सेट मध्येको तरवार थान २९नम्बर ३४ र ३५० समेत चोरी भएको घटना अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखाबाट खटी गएको टोलीले माघ ५ गते उनिहरुलाई पक्राउ गरिएको हो ।
बाघको जस्तो टाउको देखिने वस्तु थान १ फेला पारी बरामद गरी अनुसन्धान गर्दा उक्त चोरी कार्यमा गणेश श्रीपाली भन्ने गणेश बिश्वकर्मा, दिपेन्द्र भन्ने देबेन्द्र केसी, सुमन शर्मा र बिर बहादुर सुनार समेतको संलग्नता रहेको खुल्न आएकाले खोजतलास गर्दै जाँदा दिउँसो १६:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं-२६ केशरमहलमा पुग्दा सुमन शर्मा र बिर बहादुर सुनारलाई फेला पारी पक्राउ गरी थप अनुसन्धान र कानुनी प्रकृयाको लागी महानगरीय प्रहरी वृत्त, दरबारमार्ग, काठमाण्डौ पठाईएको छ ।
अनुसन्धानको क्रममा सुमन शर्मासँग सोधपुछ गर्दा ८र१० दिन अगाडी गणेश श्रीपालीले मेरो सामान र स्कुटर केशरमहलमा राखेको छु, लिएर आउनु भनी पठाएकाले म केशरमहलमा गई बा ४२ प २६९४ नं. को स्कुटर र उक्त स्कुटरमा राखेको सामानहरू लिएर आउने क्रममा केशरमहलको गार्डले के सामान लिएर आएको भनी सोधेकोले मैले सो स्कुटर र सामान केशरमहलको कम्पाउण्डमा लगी राखी फरार भएको हुँ भनी प्रहरी सक्षम बताएको छ ।
बरामद सामानहरु:-
१. रातो कलेजी रङको दाप भएको लम्बाई ९३ से.मी. र चौडाई ३ से.मी. भएको सेतो कालो रङको धातुको बिड भएको तरवार थान १
२. लम्बाई ९८ से.मी. र चौडाई ४ से.मी. भएको सेतो हड्डीको जस्तो बिड भएको तरवार थान १
३. टुप्पोदेखी गर्धन सम्मको लम्बाई ३८से.मी. भएको गोलाई ६७ से.मी. भएको तौल गर्दा अन्दाजी ३ के.जि. तौल भएको बाघको जस्तो टाउको देखिने वस्तु थान १
४. मोबाईल थान २
५. Gold Star कम्पनीको जुत्ता १ जोर
६. बा ४२ प २६९४ नम्बरको Honda Dio स्कुटर थान १
वि.सं.२०७८ माघ ६ बिहीवार १६:०७

















