बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूह निजगढ–८ को मतदाता नामावली प्रकाशन
वि.सं.२०८२ वैशाख १० बुधवार १५:३६
1.99K
shares
फाईल तस्विर
बारा–बाराको निजगढ ८ स्थित श्री बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहको कार्यसमिति चयनको लागि गठित निर्वाचन मण्डलले बुधबार निर्वाचन कार्यक्रम अन्तरगत मतदाता नामावली प्रकाशन गरेको छ ।

निर्वाचन मण्डलको सोमबार बसेको बैठकको निर्णय अनुसार मंगलबार प्रकाशन गरेको निर्वाचन कार्यक्रम अन्तगर्त पहिलो दिन निर्वाचनमा सहभागि हुन पाउने उपभोक्ताको सूची समेटिएको मतदाता नामावली प्रकाशित गरेको हो ।

सामुदायिक बनको स्विकृत विधान (पहिलो संसोधन २०७३) मा पुरुष र महिला घरमुलीको कोलुममा नाम उल्लेख भएका दुवैले मतदान गर्न पाउने व्यवस्था रहेको छ । यो संख्या ७ सय ४९ रहेको छ ।
हेर्नुस् सूची :
वि.सं.२०८२ वैशाख १० बुधवार १५:३६

















