नेकपा (एमाले) निजगढ नगर अधिवेशन : २४८ जनाले खसाले मत, अब ५० मत बाँकी
वि.सं.२०८२ वैशाख २२ सोमवार १३:५५
1.23K
shares

बारा–नेकपा (एमाले) निजगढ नगर अधिवेशनमा नयाँ नेतृत्वका लागि जारी मतदानमा दुई सय ४८ जनाले मत खसालेका छन् ।
२९८ मतदाता प्रतिनिधि रहेको निजगढमा अब ५० मत खस्न बाँकी रहेको प्रमुख निर्वाचन अधिकृत गोकुल घोरसाईने जानकारी दिए ।
निजगढ नगर उद्योग वाणिज्य संघको शभाहलमा विहान १० बजेबाट सुरु भएको मतदानमा १:४५ बजेसम्ममा दुई सय ४८ जनाले मत खसालेका हुन् ।
वि.सं.२०८२ वैशाख २२ सोमवार १३:५५
















