यी हुन् एमाले निजगढ अधिवेशनका मैदानमा उत्रिएका उम्मेदवार ! कित्ता क्लियर, अघोषित प्यानल
को कता ?
वि.सं.२०८२ वैशाख २२ सोमवार १०:३२

बारा–बाराको निजगढमा नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव पदमा हुन लागेको निर्वाचनमा ९ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।
अध्यक्ष पदमा दुई जना, उपाध्यक्ष पदमा दुई जना, सचिव पदमा दुई जना र उपसचिव पदमा भने तीन जना उम्मेदवार मैदानमा छन् ।
अध्यक्ष पदमा जयराम कुमर र तिलक घलान प्रतिस्पर्धा गर्दैछन् भने उपाध्यक्ष पदमा जीतबहादुर तामाङ्ग र सम्झना थापा लामिछाने विच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरि सचिव पदमा थानेश्वर सापकोटा अविरल र प्रेमबहादुर कार्की प्रतिस्पर्धी छन् ।
त्यसैगरि उपसचिव पदमा पुरुषोत्तम भट्टराई, हरि बर्तौला र विजय तिमल्सिना विच प्रतिस्पर्धा हुनेछ ।
यसअघि आईतबार अध्यक्ष पदमा उम्मेदवारी दिएका भोलाप्रसाद गौतम, दिलबहादुर लामा, रामकृष्ण घिमिरे र माधव न्यौपानेले उम्मेदवारी फिर्ता लिएका थिए ।
त्यस्तै उपसचिव पदमा उम्मेदवारी दिएका दिपक श्रेष्ठ, ईराज कोईरालाले आईतबार नै उम्मेदवारी फिर्ता लिएका छन् भने सुरेश शर्माले सामाजिक सञ्जालमार्फत फिर्ता लिएको घोषणा गरेका छन् ।
त्यस्तै उपसचिव (महिला) पदमा भने दुईजनाको उम्मेदवारी परेकोमा एक जनाको खारेज भएपछि अर्का उम्मेदवार निर्विरोध भएको घोषणा गरिएको छ ।
मापदण्ड नपुगेको भन्दै भगवती घिमिरेको उम्मेदवारी खारेज भएपछि जगतकुमारी न्यौपाने जानुका निर्विरोध भएको घोषणा गरिएको छ ।
अघोषित प्यानल
नगर कमिटीको पदाधिकारी मतदानबाटै चुनिने भएपछि अघोषित रुपमा प्यानल निर्माण भएको छ ।
संस्थापन र संस्थापन ईतरका दुई छुट्टा–छुटै समुह सक्रिय रहेको निजगढमा संस्थापन पक्षबाट कुमरको र संस्थापन ईतरबाट तिलक घलानले नेतृत्व गरेका छन् ।
को कता ?
संस्थापन पक्षबाट उपाध्यक्ष पदका तामाङ्ग, सचिव पदमा कार्की, उपसचिव पदमा विजय तिमल्सिना छन् ।
त्यस्तै संस्थापन ईतरबाट उपाध्यक्षमा लामिछाने, सचिवमा सापकोटा र उपसचिवमा बर्तौला र भट्टराई छन् ।
उपसचिव (महिला) पदमा निर्विरोध भएकी न्यौपाने संस्थापन ईतरकी हुन् ।
नेकपा अन्तरसंघर्षका बेलामा दुई लाईनमा विभाजन अच्यूत मैनालीले संस्थापन र पुरुषोत्तम पौडेल संस्थापन ईतरको नेतृत्व गर्र्दै आएका छन् ।
वि.सं.२०८२ वैशाख २२ सोमवार १०:३२
















