सिमरा कलेज र नेपाल राष्ट्रिय मा.वि.लाई सूर्य नेपालद्वारा स्मार्ट बोर्ड हस्तान्तरण
वि.सं.२०८२ असार ५ बिहीवार २२:०२

बारा-सूर्य नेपाल प्रा.लि.द्वारा सिमरा कलेज र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमरालाई ४–४ थान स्मार्ट बोर्ड सहयोगस्वरूप प्रदान गरिएको छ । एक विशेष कार्यक्रमबीच आज यी स्मार्ट बोर्डहरू सम्बन्धित विद्यालयहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरियो।
शैक्षिक क्षेत्रको प्रविधिमैत्री विकास र डिजिटल शिक्षण विधिको प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यस सहयोगले विद्यालयहरूमा अध्ययन–अध्यापन प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा क्याम्पस प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक, सूर्य नेपाल प्रा.लि.का प्रतिनिधि यज्ञ आले तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
सहभागी वक्ताहरूले प्रविधिमा आधारित शिक्षण प्रणालीले विद्यार्थीहरूको सिकाइ क्षमतामा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
सूर्य नेपालले आगामी दिनमा पनि शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
वि.सं.२०८२ असार ५ बिहीवार २२:०२

















