skip this farak Kura Pravakar

कोल्हवीकाे विष्णुपुरमा वर्षाैंदेखि वेवारिसे अवस्थामा रहेकाे बस पहिचान गर्न नगरपालिकाले निकाल्याे सूचना

780 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-कोल्हवी नगरपालिकाले वेवारिसे बस पहिचानका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

बाराकाे कोल्हवी वडा नं. ४ स्थित विष्णुपुरमा विगत केही वर्षदेखि वेवारिसे अवस्थामा रहेको बसको पहिचान गर्न सम्बन्धित सरोकारवालालाई आग्रह गरिएको छ ।

नगर कार्यालयका अनुसार लामो समयदेखि बसको अवस्था फेला परेको भए पनि निर्माणको काममा समस्या उत्पन्न भएकाले बसलाई व्यवस्थित गर्न र कानुनी प्रकृया अगाडि बढाउन सूचनाको आवश्यकता परेको हो ।

सोही अनुसार कोल्हवी नगरपालिकाको कार्यालयबाट ३५ दिनभित्र बस पहिचान गर्न अनुरोध गर्दै यो सूचना जारी गरिएको हो ।

सूचनामा भनिएको छ, “सो बस ३५ दिन भित्र सम्बन्धित सरोकारवालाले पहिचान नगरे को अवस्थामा कानुन बमोजिम कारवाही अगाडि बढाइनेछ ।” साथै, समयमै सम्पर्क नगर्ने सरोकारवालालाई भविष्यमा उत्पन्न हुने कुनै समस्या वा दायित्वका लागि जिम्मेवार ठहरिने पनि चेतावनी दिइएको छ ।

सूचना कोल्हवी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईँटेलले हस्ताक्षर गरी जारी गरिएको हो ।

nijgadh-supermart-adz1200-630