skip this farak Kura Pravakar

शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई निजगढ वडा नम्बर ११ द्वारा प्रोत्साहन

1.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरपालिका वडा नम्बर ११ कार्यालयको आयोजनामा शैक्षिक सत्र २०८१ सालको वार्षिक परीक्षामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निजगढ–११ का विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप ब्याग र छाता वितरण गरिएको छ ।

उक्त कार्यक्रम वडा कार्यालयको सहयाेगमा २७ जना विद्यार्थीलाई प्राेत्साहन गरिएको हो ।

कार्यक्रममार्फत सम्मानित विद्यार्थीहरूलाई शैक्षिक प्रगतिको थप हौसला मिलोस् भन्ने उद्देश्यका साथ उक्त सामग्री वितरण गरिएको वडा अध्यक्ष सहइया गुराेले बताए ।

कार्यक्रममा वडा अध्यक्ष गुराेसहित वडा सदस्य पर्शुराम श्रेष्ठ, मनमाया श्रेष्ठ, कमला परियार लगायत सहभागी थिए ।

कार्यक्रममा वडा सचिव हिरा राना मगर, कार्यालय सहयोगी रामरत्न लाल कुमर लगायतकाे उपस्थिति रहेको थियो ।

विद्यार्थीहरूको प्रोत्साहनका लागि गरिएको यस कार्यप्रति अभिभावक, शिक्षक तथा स्थानीयहरूले समेत प्रशंसा व्यक्त गरेका छन् ।

त्यसैगरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगलबहादुर रुम्बाकाे अध्यक्षतामा भएको कार्यक्रमकाे निमित्त प्रअ दिनेश गुराेले सञ्चालन गरेका थिए ।

nijgadh-supermart-adz1200-630