skip this farak Kura Pravakar

जनज्योति वन समूहद्वारा सत्यश्वर शिवशक्तिका विद्यार्थीलाई पाेशाक सहयोग

987 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—निजगढ नगरपालिका वडा नं. ७ अन्तर्गत रहेको श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा अध्ययनरत ११७ जना छात्रछात्राहरूलाई विद्यालय पोशाक (ट्र्याकसुट र टिसर्ट) वितरण गरिएको छ ।

उक्त सहयोग श्री जनज्योति सामुदायिक वन उपभोक्ता समूहको पहलमा प्रदान गरिएको हो । सो समूहका अध्यक्ष खडक बहादुर लामा, सचिव रामकुमार सिजाली, कोषाध्यक्ष भवानी श्रेष्ठ तथा सदस्यहरू मुकुन्द पौडेल, गाेविन्द बजगाई, ललिमाँया लामालगायत राजु लामा, घनश्याम लम्सालले विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा पोशाक वितरण गर्दै समूहका पदाधिकारीहरूले समुदाय र शिक्षालयबीचको सहकार्य अझ बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकारले जनज्योति सामुदायिक वन उपभोक्ता समूहका सम्पूर्ण पदाधिकारी तथा उपभोक्ताहरूलाई यस सहयोगका लागि हार्दिक आभार व्यक्त गरेका छन् । साथै, यस्ता सहयोगले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

अनुदान प्रदान

निजी स्रोतका शिक्षकहरुको लागि तलब बापत १ लाख ३० हजार रुपैया अनुदान सहयोग गरेको हो ।

विद्यालयमा शुक्रवार भएको कार्यक्रममा वन समूहका कोषाध्यक्ष भवानी श्रेष्ठले प्रधानाध्यापक उमेश स्वर्णकारलाई शिक्षा अनुदान बापत १ लाख ३० हजार रुपैयाको चेक हस्तान्तरण गरेकी हुन् ।

विद्यालयमा निजी स्रोतका ७ जना शिक्षक कार्यरत छन् ।

nijgadh-supermart-adz1200-630