skip this farak Kura Pravakar

निजगढ नगरपालिका ८ नं. वडा कार्यालयको नयाँ भवन उद्घाटन

1.71K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-निजगढ नगरपालिका–८ गुम्बा टाेलस्थित वडा कार्यालयको नव निर्मित कार्यालय भवनको उद्घाटन भएको छ ।

बागमती प्रदेश सरकार अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री कुन्दन राज काफ्लेले ताम्रपत्र अनावरण गरेर भवन उद्घाटन गरेका हुन् ।

अनावरण अघि हिन्दु धार्मिक विधिनुसार पुजापाठ समेत गरिएको थियाे । भवन उद्घाटन समारोहलाई भब्य बनाउन टेन्टपन्डालमा आयाेजित विशेष समाराेहमा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्याल, लेखा प्रमुख शिवप्रसाद देवकोटा, जनप्रतिनिधि, स्थानीय अगुवाहरू, सरकारी कर्मचारी, सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष स्वर्ण लामाकाे अध्यक्षतामा भईरहेकाे कार्यक्रमकाे सञ्चालन कार्यपालिका सदस्य मनमाया तामाङ र स्वागत वडा सदस्य शालिकराम ढुंगानाले गरेका थिए ।

nijgadh-supermart-adz1200-630