skip this farak Kura Pravakar

एक्सनमा शिक्षामन्त्री : केएमसी र नोबेल मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयमा सिफारिस

723 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीबाट अतिरिक्त शुल्क लिने नोबेल र काठमाडौं मेडिकल कलेज केएमसीलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई नोबेल र केएमसी मेडिकल कलेजले शिक्षा मन्त्रालयको निर्णय र निर्देशन उल्लंघन गरेकाले गृह प्रशासनमार्फत कारबाही अघि बढाउन आग्रह गरेका हुन् ।
शुक्रबार गृह मन्त्रालयले पीडित विद्यार्थी, ७ विद्यार्थी संगठनको प्रतिनिधि र शिक्षामन्त्रीसहित छलफल गरेको थियो । छलफलका क्रममा शिक्षामन्त्री पौडेलले निर्णय र निर्देशन उल्लंघन गर्ने कलेजलाई स्थानीय प्रशासनमार्फत कारबाही गर्नुको विकल्प नरहेको औंल्याएका थिए । उनले यसअघि पनि गृहमन्त्री खाँणलाई भेटेर र टेलिफोनमा पनि मेडिकल कलेज संचालक र अतिरिक्त शुल्क असुल्न संलग्नलाई कारबाही गर्न जोड दिँदै आएका छन् ।
‘म विद्यार्थीको पक्षमा छु, राज्यलाई नै अटेरी गर्ने, विद्यार्थीबाट मनोमानी शुल्क उठाउने कलेजलाई कारबाही हुनुपर्छ,’ शिक्षामन्त्री पौडेलले भने । उनको आग्रहपछि गृहमन्त्री खाँणले मेडिकल कलेजलाई कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छलफलमा सहभागी नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । ‘शिक्षामन्त्रीले गृह मन्त्रालयले कारबाही अघि बढाउनुपर्ने राय राख्नुभयो,’ उनले भने, ‘गृहमन्त्रीले कारबाहीको प्रक्रिया प्रारम्भ भयो, विद्यार्थीलाई प्रशासनमा उजुरी गर्न लगाउनुस् भन्नुभएको छ ।’ गृहमन्त्रीले कारबाही प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिने आश्वसनसमेत दिएको छलफलममा सहभागीहरुले बताए ।
नोबेल कलेजका १० जना विद्यार्थी थप आन्दोलनका लागि शुक्रबार काठमाडौं आएर केएमसीका विद्यार्थीसँगै माइतीघरमा प्रदर्शन थालेका छन् ।

यो पनि …

https://faraknepal.com/8405

यो पनि …

https://faraknepal.com/8464

nijgadh-supermart-adz1200-630