कक्षा १२ को नतिजा सार्वजनिक : वेबसाइट र टेलिकममार्फत परिणाम हेर्न सकिने
वि.सं.२०८२ साउन १९ सोमवार १८:३५
1.39K
shares

काठमाडौँ-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
भर्खरै सम्पन्न बोर्ड बैठकले औपचारिक रूपमा नतिजा सार्वजनिक गरेको हो।
कसरी हेर्ने नतिजा ?
विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट (www.neb.gov.np) र नेपाल टेलिकमको रिजल्ट पोर्टल मार्फत आफ्नो नतिजा हेर्न सक्ने बोर्डले जनाएको छ ।
कति विद्यार्थी थिए सहभागी ?
यस वर्षको परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार विद्यार्थी सहभागी भएका थिए ।
जसमा ३ लाख ९५ हजार नियमित र १ लाख १५ हजार आंशिक परीक्षार्थी रहेका छन् ।
वि.सं.२०८२ साउन १९ सोमवार १८:३५
















