skip this

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै, बेलुकी ५ बजे बोर्ड बैठक

978 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अनुसार नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न आज साँझ ५ बजे बैठक बस्ने तय गरिएको छ।

बोर्ड स्रोतका अनुसार हिजो (आइतबार) नतिजाको डेमोसमेत गरिएको थियो। परीक्षा क्यालेन्डरअनुसार १५ साउनभित्र नतिजा प्रकाशित हुनुपर्ने भए पनि शिक्षकहरूको आन्दोलनका कारण ढिलाइ भएको हो। गत २० चैतदेखि २९ दिनसम्म शिक्षकहरूले आन्दोलन गरेपछि परीक्षा सञ्चालन र प्रतिफल प्रकाशनमा असर परेको हो।

गत ११ वैशाखका लागि तय गरिएको परीक्षा आन्दोलनका कारण सरेर २१ वैशाखदेखि सञ्चालन भएको थियो। यसपटकको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।

nijgadh-supermart-adz1200-630