निजगढका युवाहरुले गरे प्रशंसायोग्य काम ! जेन–जी आन्दोलनका घाइते हुनेहरूलाई जुटाए रगत
वि.सं.२०८२ भदौ ३० सोमवार २२:१९

बारा–बाराको निजगढका युवाहरुले सोमबार प्रशंसा योग्य काम गरेका छन् । निजगढस्थित तीन वटा लायन्स क्लबको संयुक्त आयोजनामा आपतकालीन रक्तदान कार्यक्रम गरेर जेन–जी आन्दोलनका क्रममा घाइते हुनेहरूलाई रगतको जुटाएका छन् ।
शहीद चोकमा आयोजित रक्तदान कार्यत्र mमा क्लबमा आवद्ध युवादेखि सुरक्षाकर्मी, समाजसेवी र स्थानीयसहित एक सय तीन जनाले रगतदान गरेका छन् ।
लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ सिटी र लायन्स क्लब अफ निजगढ युथको संयुक्त आयोजना तथा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक सहयोग रहेको थियो ।
देशभर भएको जेन–जी आन्दोलनका क्रममा घाइते हुनेहरूलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यले पहल गरिएको कार्यक्रमका संयोजक खड्गराज मैनालीले बताएका छन् ।
लायन्स इन्टरनेशनल, जिल्ला ३२५ एच, एमडी ३२५ को सहजीकरणमा भएको कार्यक्रममा निजगढ सिटी हस्पीटल, नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखा, शसस्त्र प्रहरीको समेत सक्रिय सहभागिता रहेको थियो ।
वि.सं.२०८२ भदौ ३० सोमवार २२:१९

















