skip this farak Kura Pravakar

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

225 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त भएका आदर्शकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधबार कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

कोषका संरक्षकसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत गरेकी थिइन् ।

श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव थिए । आफ्ना प्रमुख स्वकीयलाई नै कोषमा मनोनीत गरेको भन्दै प्रधानमन्त्री कार्कीको चौतर्फी आलोचना भएको थियो ।

nijgadh-supermart-adz1200-630