skip this

सिमरामा तीन वर्षीया नाबालिकाको निर्मम हत्या

39 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१, सिमराबाट आइतबार बिहानदेखि बेपत्ता भएकी तीन वर्षीया नाबालिकाको शव फेला परेको छ।
जीतपुरसिमरा-१ कै भक्तिटोलस्थित सुनसान ठाउँमा रहेको एक घरमा बुधबार नाबालिकाको शव फेला परेको हो। बेपत्ता भएको तेस्रो दिन घरबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
मृतक नाबालिका जीतपुरसिमरा-२ स्थित सरस्वती आधारभूत विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत थिइन्।
अबोध बालिकाको यसरी निर्मम हत्या भएको घटनाले सिंगो स्थानीय समुदायलाई स्तब्ध र भावविह्वल बनाएको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरी टोली परिचालन गरिएको छ।
बालिकाको हत्या कसले र किन गर्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा भन्दा कडा कारबाही गर्न स्थानीयले माग गरेका छन्।
अबोध बालिकाको ज्यान जाने गरी भएको यस हृदयविदारक घटनाले एउटा परिवारको काख मात्र रित्तिएको छैन, समाजको सुरक्षा र संवेदनशीलतामाथि पनि गम्भीर प्रश्न उठाएको छ। यस्तो अमानवीय र दानवीय कार्यमा संलग्न जोसुकै भए पनि कानुनी कठघरामा ल्याई न्याय दिलाउन आवश्यक छ।
यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् र मृत नानीको आत्माले चिरशान्ति पाओस् ।

nijgadh-supermart-adz1200-630