skip this yams_Max_Hospital.jpeg

रेडपाण्डाकाे छालासहित तीन जना पक्राउ

1.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कपिलवस्तु :  रेडपाण्डाको छालासहित कपिलवस्तुमा तीन जना पक्राउ परेका छन् । प्रहरीले वाणगङ्गा नगरपालिका ४ सिद्धिपुरमा रहेको एक होटलबाट रेड पाण्डाको छाला, पुच्छरसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ५ शनिश्चरेका २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले बताए ।
उनीहरूको साथबाट रेडपाण्डाको दुई वटा छाला र पुच्छर बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनालाई बरामद भएको छालासहित प्रहरीले डिभिजन वन कार्यालयमा उपस्थित गराएको छ ।
उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत मुद्दा चल्ने सहायक वन अधिकृत मदन मोहन शाण्डिल्यले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630