skip this yams_Max_Hospital.jpeg

अफ्ताव आलमको मुद्दा सर्वोच्चमा

1.25K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : आफू थुनाबाट छुटन पाउनुपर्ने भनी नेपाली कांग्रेस पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले दिएको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । न्यायाधीशहरु प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा आलमले दिएको निवेदन पहिलो प्राथमिकतामा छ । बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर आलम थुनामा छन् ।
उनलाई थुन्नुपर्ने भनी जिल्ला अदालत, रौटहटले दिएको आदेश उच्च अदालतले पनि सदर गरेको थियो । त्यही आदेशविरुद्ध उनी सर्वोच्च अदालत पुगेका हुन् ।
कांग्रेस सरकारमा आए लगत्तै आलमको मुद्दा पेशीमा चढ्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गतमहिना शेरबहादुर देउवा प्रधानमन्त्री भए लगत्तै विशेष अदालत हाजिर भएका विजयकुमार गच्छदार धरौटीमा छुटेका थिए ।

nijgadh-supermart-adz1200-630