skip this farak Kura Pravakar

ब्रेकीङ्ग : जुम्लाको ताम्ती गाउँमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

873 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जुम्ला : जुम्लामा पहिरोमा पुरिएका तीन जना मृत्यु भएको छ । तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनाको पहिरोमा परेर मृत्यु भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए ।
उनका अनुसार पाटनबाट घर फर्कदै गरेका एक महिलासहित दुई पुरुषको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
फोन सम्पर्क हुन नसकेकाले मृत्तकको सनाखत हुन नसकेको उनले बताए ।
स्थानीय वडाध्यक्षको टोली घटनास्थलतर्फ गइरहेको उनले बताए । जडीबुटिका लागि पाटन गएका उनीहरु फर्किने क्रममा पहिरोमा पुरिएको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

nijgadh-supermart-adz1200-630