skip this farak Kura Pravakar

गोही गाउँ पस्याे : स्थानीयहरुको सक्रियतामा गोहीको उद्धार

897 shares
oil-nigam-amlekhgunj-adv.jpeg

धनगढी : कैलालीमा गाउँ पसेको गोहीको उद्धार गरिएको छ। जिल्लाको भजनी नगरपालिका–३ काँडा गाउँमा पसेको वयस्क गोहीको उद्धार गरिएको हो।
गोही गाउँ पसेपछि स्थानीय त्रसित भएका थिए। भजनीको काँडा नदीबाट गोही गाउँ पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
करिब साढे दुई फिट लामो मगर गोहीको तौल एक क्वीन्टल रहेको प्रहरीको दाबी छ। गोही गाउँ पसेको केही घण्टापछि सब डिभिजन वन कार्यालय भजनीले गोहीको सकुशल उद्धार गरेको हो।
स्थानीयहरुको सक्रियतामा गोहीको उद्धार गरिएको स्थानीय विजयराज श्रेष्ठले बताए। काँडा खोलामा पानीको सतह बढेपछि गोही गाउँ छिरेको हुनसक्ने उनको अनुमान छ।

सब डिभिजन वन कार्यालय र संरक्षणकर्मीको सक्रियतामा मोहना र पथरैया नदीको दोभानमा गोही छोडिएको उनले बताए। भजनी नगरपालिकाको टिपरमा राखेर गोहीलाई नदीमा लगिएको थियो।

nijgadh-supermart-adz1200-630