skip this farak Kura Pravakar

को बन्ला माओबादी केन्द्र दोलखाको जिल्ला सचिव? यस्ताे छ दौडधुप

2.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

गणेश विक, काठमाडाैँ । नेकपा (माओबादी केन्द्र) ले महाधिवेशन सकिएको लामो समय बितिसक्दा पनि आफ्नो महासचिव चयन् गर्न सकेको छैन। महासचिव लगायत अन्य पदाधिकारी चयन गर्नका लागि माघ २७ गते केन्द्रिय समिति बैठक बोलाएको छ। दोलखा जिल्ला बाट माओवादी केन्द्रको केन्द्रिय समितिमा गङ्गा कार्की, देवी खड्का र नबिन जिरेलले प्रतिनिधित्व गर्छन ।

पुर्व महान्यायाधिवक्ता बनिसकेका मुक्ति प्रधान भने काठमाडौँलाई राजनीतिक भूगोल बनाउने सुरसारमा रहेको देखिन्छ । गङ्गा कार्की र देवी खड्का माओवादीका सिनियर केन्द्रिय सदस्य भित्र पर्छन । उनीहरु पोलिटब्युरो या माथिल्लो कमिटीमा अटाएको खण्डमा नविन जिरेल जिल्ला इन्चार्ज बन्ने देखिन्छ।

जिल्ला संयोजकमा यसअघि नै कुलबहादुर बुढाथोकी रहेका छन् । अब दोलखाको माओवादी केन्द्रको आन्तरिक लडाई भने जिल्ला सचिव तर्फ सोझिएको छ। जिल्ला सचिव जिल्ला समन्वय समितिबाट छानिने गरेको छ । दोलखाको नौ वटै स्थानीय तहको अधिवेसन सम्पन्न भएको छ ।

सम्पन्न अधिवेसनबाट सबै नगर तथा गाउँपालिकाहरूमा पूर्ण कमिटी गठन भएको छ । प्रत्येक पालिकामा अध्यक्षसहित ७ पदाधिकारी गरेर जिल्ला समन्वय समितिमा ६३ जना आईसकेका छन् । ६३ जनाको २५ प्रतिशत अर्थात् १६ जना अझै मनोनित हुन बाँकी नै छ । मनोनित १६ जना भूगोल र क्लस्टर मिलाएर ल्याउनु पर्ने दबाब नेतृत्वलाई छ । प्रदेश कमिटीमा आउने आशमा रिस्क लिएर बसेका थुप्रै नेता प्रदेश कमिटीमा नअटाएपछि अब जिल्ला समन्वयमा मनोनित हुने आशासहित जिल्ला सचिवको दौडधुपमा लागेका छन् ।

नाम नखुलाउने सर्तमा एक पालिका पदाधिकारीले भने, ‘यसरी जिल्ला सचिवको उत्कट चाहना राख्नेमा नेकपाकालिन जिल्ला सचिवालयका सदस्यहरु उपेन्द्र अधिकारी, विश्वास कार्की, मोहन थापा र सुब्बा श्रेष्ठ रहेका छन् ।’ उनका अनुसार अधिकारी नेकपामा हुँदै आर्थिक विभाग प्रमुख भएर डिफ्याक्टो कोषाध्यक्षको भूमिकामा थिए, कार्कीको परिवार नै जनयुद्धमा होमिएको थियो उनी विद्यार्थीका सिनियर जिल्ला अध्यक्ष भित्र पर्छन, थापा नेकपामा हुँदा कार्यालय सचिवको जिम्मेवारीमा थिए भने श्रेष्ठ पनि विद्यार्थीका पुर्व जिल्ला अध्यक्ष हुन् ।

प्रेस सेन्टर नेपालको महासचिव हुने तरखरमा रहेका लक्ष्मण खड्काले भने जिल्ला सचिवमा उति चासो देखाएका छैनन्, दाबेदारी गरेको खण्डमा भने उनि सशक्त दाबेदार हुन् ।

खड्का पार्टी को केन्द्रिय प्रचार विभाग सदस्य समेत हुन् । अब १६ जना मनोनित हुने बाटै सचिव आउने लगभग पक्कापक्कि जस्तै देखिएको छ । पालिका अध्यक्षहरु मध्येबाट आउँदा भने शम्भु फुयाल र भिमबहादुर श्रेष्ठ सिनियर नेतामा पर्छन ।

nijgadh-supermart-adz1200-630