skip this

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना सार्वजनिक

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्ने फुटबल पे्रमी ग्राहकमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई ५ सयदेखि २ हजारसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ । साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३ सयजनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्ने बताएको छ ।

२० लाख पटक भन्दा बढी डाउनलोड भैसकेको बैंकको एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिकासहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहकले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न सक्नेछन् ।

काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३ सय वटा टिकटमध्ये १ सय ४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १ सय ६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ ।

nijgadh-supermart-adz1200-630