skip this farak Kura Pravakar

प्रथम विकल रेग्मी स्मृति जुनियर कप फुटबल प्रतियोगिता : १० नम्बर वडालाई पराजित गर्दैै वडा नं. ४ विजयी

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– प्रथम विकल रेग्मी स्मृति जुनियर कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा १० नम्बर वडालाई पराजित गर्दैै वडा नं. ४ विजयी भएको छ ।

४ नम्बर वडाले वडा नम्बर १० लाई टाईब्रेकरमा हराएको हो । निर्धारित समयमा दुबै पक्षबाट गोल नभएपछि निर्णयका लागि टाईब्रेकरमा धकेलिएको थियो ।

टाईब्रेकरमा पनि खेल बराबरी भएपछि सडन डेथमा १० नम्बर पराजित भएको हो । जर्सी नम्बर २१ का खेलाडी कबिन डिङडुङको प्रहार गोल हुन सकेन ।

खेलको ‘म्यान अफ द म्याच’ ४ नम्बरका गोलकिपर साहिल धामि घोषित भएका छन् ।

उनलाई वडा नम्बर ४ का अध्यक्ष विशन सापकोट, नगर खेलकुद विकास समितिका सदस्य सचिव उत्तम लामिछाने, स्व.विकलकी आमा कमला रेग्मी तथा पत्रकार गोकुल घोरसाईनेले ट्रफी र नगद १ हजार रुपैयाँ प्रदान गरे ।

निजगढ नगर खेलकुद विकास समितिको आयोजनामा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा जारी प्रतियोगिताको व्यवस्थापन निजगढ फुटबल क्लबले गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630