skip this farak Kura Pravakar

निजगढ वडा नं. १ को कार्यालयद्धारा तेक्वान्दो खेलाडीलाई खेलकुद सामाग्री सहयोग

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ– बाराको निजगढ नगरपालिका वडा नम्बर १ को वडा कार्यालयले तेक्वान्दो खेलाडीलाई खेलकुद सामग्री वितरण गरेको छ ।

वडा अध्यक्ष मंगले लोप्चनले नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्र बहादुर लामालाई खेल अभ्यास तथा प्रतियोगितामा उपयोगी सामग्री तथा उपकरणहरू हस्तान्तरण गरेको हो ।

खेल सामाग्री हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य फुलमाया लोप्चन, वडा सदस्य, वडा सचिव सोमसिंह लामा लगायतको उपस्थिति रहेको थियो ।

खेलकुदको माध्यमबाट युवालाई अनुशासन, नेतृत्व र स्वस्थ जीवनशैलीतर्फ उन्मुख गराउने उद्देश्यले सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष लामाले वडा कार्यालयको सहयोगप्रति आभार प्रकट गर्दै यस्ता कार्यले स्थानीय स्तरमा खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

nijgadh-supermart-adz1200-630