प्रथम नगर स्तरिय अन्तर विद्यालय क्रिकेटमा निजगढ–८ गौरीशंकर माविले रच्यो ईतिहास !
वि.सं.२०८२ जेठ २४ शनिवार २२:४१

बारा-प्रथम नगर स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको ट्रफी निजगढ ८ को गौरीशंकर माविले जितेको छ । जितसंगै गौरीशंकरले ३० हजार पुरस्कार पनि जितेको छ ।
आज भएको अन्तिम खेलमा गौरीशंकर मावि निजगढ ८ ले निजगढ ६ को गौरीशंकर मावि सडकटोललाई ५ विकेटले पराजित गर्दै जित हात पारेको हो । उपविजेता बनेको गौरीशंकर सडकटोलले २० हजार पुरस्कार पाएको छ ।
प्रतियोगिताको बिजेता र उपविजेता टोली र खेलाडीहरुलाई निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरी, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डीका उप्रेती, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र अर्याल, लेखा अधिकृत शिवप्रसाद देवकोटा, निजगढ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछाने, निजगढ क्रिकेट क्लबका अध्यक्ष निर्मल सापकोटा, गौरीशंकर क्याम्पस स्ववियु सभापति बालकृष्ण हुमागाईं लगायतले ट्रफी र पुरस्कार प्रदान गरेका थिए ।
स्थानीय व्यवसायी एंव सागर पुस्तक भण्डारका संचालक शंकर थोकरले खेलाडीको हौसला बढउन क्रिकेट किट्सको व्याग वितरण गरेका थिए ।

यसअघि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २ जना खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा निजगढका संस्थापक नगर अध्यक्ष एवं जिल्ला सचिव रामहरि खरेलले ब्याट र क्रिकेट बल प्रदान गरेका थिए ।
निजगढ नगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष एवं नगरप्रमुख सुरतपुरीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका योजना शाखा प्रमुख अजय उप्रेतीले गरेका थिए ।
वि.सं.२०८२ जेठ २४ शनिवार २२:४१
















