निजगढका किशोरीलाई माघ २३ देखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाईने

वि.सं.२०८१ माघ ८ मंगलवार २२:१३

निजगढ– निजगढका किशोरीलाई माघ २३ देखि २५ गते सम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाईने भएको छ ।
एच.पि.भी. खोप अभियान २०८१ अन्तर्गत माघ २३ देखि २५ गते सम्म निजगढ नगर क्षेत्रमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई सम्बन्धित विद्यालयमा क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाईने छ ।
त्यस्तै अभियान अन्तर्गत विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई नजिकैको विद्यालयमा तथा छुट भएका उक्त समूहका किशोरीहरूलाई नजिकको स्वास्थ्य संस्थामा समेत एच.पि.भी. खोप लगाईने निजगढ स्वास्थ्य शाखाले जनाएको छ ।
एच.पि.भी. खोप कक्षा ६ देखि १० सम्म सञ्चालन हुने सबै विद्यालयहरूको साथै स्वास्थ्य संस्थाबाट समेत दिईने हुँदा अभियानको समयमा उक्त निकायमा सम्पर्क गरी खोप लगाउनहुन स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।
यसैविच एच.पि.भी. खोप अभियान २०८१ अन्तर्गत निजगढ नगरपालिका अन्तर्गतको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अभियान सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
निजगढ नगरपालिकाको सभाहलमा स्वास्थ्यकर्मीहरूको अभिमुखिकरणलाई उपमेयर सोममाया थिङ्गले सम्बोधन गरेकी थिईन् ।

वि.सं.२०८१ माघ ८ मंगलवार २२:१३