skip this farak Kura Pravakar

रतनपुर युनाइटेड तेस्रो ल्होसार कपको सेमिफाइनलमा प्रवेश

657 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–रतनपुर युनाईटेड क्लब निजगढ–१० लालमा जारी तेस्रो ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम क्वाटरफाइनल खेलमा रतनपुरले रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरलाई २–० ले हराउँदै मंगलबार अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बुद्धचोक खेलमैदानमा भएको खेलमा रतनपुरका लागि कुलदिप कार्की र आनन्द गुरोले गोल गरे । खेलमा रतनपुर कै आनन्द गुरो म्यान अफ द म्याच घोषित हुन भए । म्यान अफ द म्याच स्थानिय शिक्षक दिनानाथ साह र निर्माण व्यवसायी धनपति तिमल्सिनाले हस्तानतरण गरे ।

प्रतियोगिता अन्तर्गत माघ ९ गते बुधबारको पहिलो सेमिफाइनल खेल वीरगंज युनाइटेड क्लब र एभरेष्ट एकेडेमी सर्लाही विच हुने आयोजकले जानकारी दिएको छ ।

योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद दुई लाख दुई हजार दुई सय दुई रुपैयाँ हात पार्नेछ भने उपविजेताले एक लाख एक हजार एक रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

फाइनल खेल भने यही माघ १२ गतेका दिन हुनेछ ।

nijgadh-supermart-adz1200-630