skip this

निजगढकी मनिषा सापकोटाले दक्षिण एसियाली च्याम्पियनशीपमा जितिन् स्वर्ण पदक

तीन रजत र एक कास्य पदक पनि हात पारिन्

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा जिल्लाको निजगढकी लिलाकुमारी सापकोटा मनिषाले दक्षिण एसियाली च्याम्पियनशीप आइटिएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक ल्याएकी छिन् ।

प्रतियोगिता भारतको हैदरवादमा यसै हप्ता अगष्ट ४ तारिकदेखि ६ तारिक सम्म सञ्चालन भएको थियो ।

प्रतियोगितामा सापकोटाले पाँच ईभेन्टमा प्रतिस्पर्धा गरेकी थिईन् । उनले जिरोगीको ४४ किलो तौल समुहमा स्वर्ण पदक ल्याएकी हुन् भने अन्यमा तीन रजत र एक कास्य पदक हासिल गरेकी हुन् ।

नेपालले कुल २२ स्वर्ण पदक जित्न सफल भएकोमा मनिषाले पनि स्वर्ण ल्याएकी हुन् । प्रतियोगितामा भारतले पहिलो स्थान बनाएको छ भने दोस्रो स्थान नेपाली टिम र तेश्रो बंगलादेश भएको हो ।

nijgadh-supermart-adz1200-630